जनजगणना ०७८ को तयारी सुरु, यसरी बनाइँदैछ गणनालाई त्रुटिरहित

<span class='c1'>जनजगणना ०७८ को तयारी सुरु,</span> <span class='c2'>यसरी बनाइँदैछ गणनालाई त्रुटिरहित</span>

काठमाडौँ ।  राष्ट्रिय जनगणना २०६८ को तथ्यांकमा दुरा जातिको जनसंख्या पाँच हजार ३ सय ९४ छ। दुरा भाषा बोल्नेको संख्या भने २ हजार १ सय ५६ छ। बास्तविकतामा भने यो भाषा बोल्नेहरु नै छैनन्। घले जातिको जनसंख्या २२ हजार ८ सय ८१ छ। जनगणनामा भने यो भाषा बोल्नेको संख्या ८ हजार ९२ देखाइएको छ।

यी जनगणनामा भएका त्रुटिका केही उदाहरण मात्र हुन्। यस्ता त्रुटि अबको गणनामा दोहोर्याउन नहुने विज्ञहरुले बताएका खबर आजको कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन्।

विशेषज्ञले त्रुटि औँल्याएपछि राष्ट्रिय जनगणनाको तथ्यांक विश्वसनिय बनाउने तयारी छ। जनगणनामा खटाइने जनशक्ति चुस्त एवं प्रविधिमैत्री हुनेछन्। सम्बन्धित समुदायको घर, परिवारले दिने वैयक्तिक, पारिवारिक सूचना, जात, जाति र भाषालाई समेत यकिन गरिने छ।

२०७८ जेठ २५ देखि असार ८ सम्म १२ औँ जनगणना हुँदैछ। मुलुक संघीय संरचनामा गएपछिको यो पहिलो जनगणना हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्