धनकुटाको मुलघाटमा २२ लाख लागतमा पितृ उद्यान स्तम्भ

धनकुटाको मुलघाटमा २२ लाख लागतमा पितृ उद्यान स्तम्भ

धनकुटा । धनकुटा २८ को मुलघाटमा रहेको विश्रान्ति मन्दिर परिषरमा पितृ उद्यान स्तम्भको उद्घाटन गरेको छ ।

शनिबार करिब २२ लाख रुपैयाँ लागतमा निर्माणको अन्तिम चरणमा रहेको स्तम्भ सोह्रश्राद्धको अवरस पारी केहि काम बाँकी हुँदै उद्घाटन गरेको हो । २०७३ सालमा विश्रान्ति मन्दिरमा लगाइएको श्रीमद् भागवत महापुराणबाट उठेको रकमले पितृ उद्यान स्तम्भ निर्माण गरिएको विश्रान्ति मन्दिर आश्रम व्यावस्थापन समितिले जनाएको छ ।

उद्यान स्तम्भमा बर्ष दिन पितृको नाममा तर्पण दिन व्यावस्था समेत मिलाउनुको साथै धार्मिक पर्यटन र तिर्थ श्राद्धको मुख्य तिर्थ स्थलको रुपमा विकास गर्न समेत यसले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा लिएको व्यावस्थापन पक्षको भनाई रहेको छ ।

तिर्थ श्राद्धको मुख्य तिर्थ स्थल बनाउनका लागि धरै पूर्वाधार बनिसकेको र बाँकी रहेका संरचनालाई समेत छिटै व्यावस्थापन गरिने समेत कार्यक्रमा जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्