रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलको बाल दिवसको अवसरमा यस्तो सामाजिक काम

रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलको बाल दिवसको अवसरमा यस्तो सामाजिक काम

बिराटनगर भदौ २९ ,

रोटरी क्लब अफ बिराटनगर सेन्ट्रलले ले बाल दिवसको अवसरमा इटहरीमा रहेको  "माया घर नेपाल" नामक संस्थालाई सहयोग गरेको छ ।

क्लबले बाल बालिकालाई एउटा कोठा निर्माण गरेर बस्न ठाउँको व्यवस्था गरेर सहयोग गरेको हो । क्लबले सामाजिक काम अन्तर्गत बालबालिकालाई बस्नको लागि कोठा बनाएको र भबिष्यमा अन्य सहयोग पनि गर्दै जाने क्लबकि अध्यक्ष श्रुति शर्माले जानकारी दिईन।

इटहरीमा माया घर नेपाल नामक संस्थाले २५ भन्दा बढी हिंसापीडित तथा जाने घर, ठेगाना नभएका र केही शारीरिक र मानसिक स्वास्थ्य राम्रो नभएका महिलाहरुलाई आश्रय दिइरहेकोछ । मायाघरमा ल्याइएकामध्ये चार जना सडकमा भेटिएका गर्भवती आमाहरु थिए, जसले भर्खरै बच्चासमेत जन्माएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्