पत्रकार सम्मेलनमा झडपको स्थिती आएपछि ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

पत्रकार सम्मेलनमा झडपको स्थिती आएपछि ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

नेपालगञ्ज विमानस्थलमा शनिवार साँझ भएको घटनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनस्थलबाट ज्ञानबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाहीलाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको हो । शाहीले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार गरेको विषय र सो बारे मन्त्री भट्टराईले दिएको प्रष्टिकरणको खण्डन गर्न आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबीच झडप भएको थियो । पत्रकार र युट्युबर तथा शाहीका समर्थकबीच अचानक झडपको स्थिती आएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको बताएको छ ।

पक्राउ परेका शाहीलाई सुरक्षा दिएर राखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए।आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन्त्री भट्टराईलाई शनिबार साँझ बुद्ध एयर डिले गरेको भन्दै जहाजमा चढेपछि गालीगलौज गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्