विराटनगरमा विविध कार्यक्रम गरी वाल दिवस मनाईयो

विराटनगरमा विविध कार्यक्रम गरी वाल दिवस मनाईयो

विराटनगर २९ भदौ । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालीको आधार ’ भन्ने नारका साथ आईतबार विराटनगरमा विभिन्न स्कुलहरुले बाल दिवस मनाएका छन् ।
बाल दिवशको अवसर पारेर विराटनगरको ग्रेडेड बोर्डिङ स्कूलले बक्तृत्वकला, नृत्य, गायन प्रतियोगिता आयोजना गरेको छ । पर्यटन वर्ष सन २०२० शिर्षकमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताको प्रथम राहुल साह, द्धितीय आशिका पौडेल, तृतीय दोरिक मण्डल र सान्तवना स्नेहा विश्वास भइन् । स्कूलले २०७६ सालको सर्वउत्कृष्ट चार जना विद्यार्थीहरूलाई पनि वाल दिवसको अवसर पारेर सम्मान गरेको छ ।
उनीहरूका स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले सम्मान तथा ट्रफि वितरण गरेका थिए । यसैविच आर्दश स्कुलले पनि बाल दिवसको अवसरमा सास्कृतिक कार्यक्रम गरी मनाएको छ । स्कुल प्राङगणमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुत गरिएको स्कुलको प्रार्चाय तुलसी दुलालले जानकारी दिनुभयो । उता विराटनगर ९ मा रहेको अर्डिक स्कुलले पनि बालदिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्