प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठक निर्णय :प्राइभेट फर्महरु पुस मसान्तसम्म नवीकरण गर्ने

<span class='c1'>प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठक निर्णय</span> <span class='c2'>:प्राइभेट फर्महरु पुस मसान्तसम्म नवीकरण गर्ने</span>

विराटनगर । प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ । आइतबार बसेको बैठकले सुन्दरहरैचा नगरपालिकाको केन्द्र परिवर्तन गर्न स्थानीय तहको निर्णय सहित संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ । यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगतका प्राइभेट फर्महरु पुस मसान्तसम्म नवीकरण गर्ने निर्णय भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्तगत सेवा करारमा इन्जिनियर तथा सव इन्जिनियर छनौट गर्नका लागि प्रारम्भिक लिखित परीक्षा समेत समावेश गर्ने, प्रदेशभित्रका सरकारी तथा सार्वजनिक जग्गाको विवरण तयार पार्न प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्यीय समित गठन गर्ने निर्णय भएको छ ।

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव सदस्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव सदस्य र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्