विराटनगरकी उपमेयरको बाल दिवस बाल सेवा आश्रममा

<span class='c1'>विराटनगरकी उपमेयरको बाल दिवस</span> <span class='c2'>बाल सेवा आश्रममा</span>

विराटनगर । विराटनगरमा रहेको पूर्वाञ्चल बाल सेवा आश्रमले पनि राष्ट्रिय वाल दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
पूर्वाञ्चल बाल सेवा आश्रमले बाल दिवसका अवसरमा नृत्य तथा विभिन्न सांगीतिक कार्यक्रम गरेको छ । सोही अवसरमा आश्रममा आश्रित सम्पूर्ण बालबालिकाहरुले मैनबत्ती बालेर आफ्नो जन्म दिन पनि मनाएका छन् ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले यो आर्थिक बर्षमा महानगरपालिकाले ३ लाख रकम आश्रमलाई प्रदान गरेको बताईन् । उनले महानगरपालिका आश्रमका बिषयमा संवेदनशील रहेको बताउदै आगामी दिनहरुमा पनि सहकार्य गर्न तयार रहेको बताईन् । सोही अवसरमा विभिन्न खेलमा सहभागी उत्कृष्ट बालबालिकाहरुलाई सम्मान गरिएको थियो । हाल आश्रममा ६५ जना बालबालिकाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्