विराटनगर । राष्ट्रिय बाल दिवसको अवसर पारेर मोरङको लक्ष्मनिया युवा क्लव जहदाले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । 
प्रतियोगितामा लिटल चाईड इङ्गलिस बोडिङ्ग स्कुलकी नेहा मण्डल र गुञ्जन मण्डल प्रथम भएका छन् । यस्तै महेन्द्र माध्यामिक विद्यालयका सुधिर कुमार मण्डल र विजय मण्डल द्वितीय तथा जनता माध्यामिक विद्यालयका हेमन्त मण्डल र नेहा मण्डलको जोडी तृतीय भएका छन । विजयी विद्यार्थीहरुलाई गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल ,क्लवका अध्यक्ष नितेशकुमार साह लगायतले प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका अन्य अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गरेका १३ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा गराइएको थियो ।