बाल दिवसको अवसर पारेर आइतबार राउण्ड टेवल नेपालको बिभिन्न कार्यक्रम

बाल दिवसको अवसर पारेर आइतबार राउण्ड टेवल नेपालको बिभिन्न कार्यक्रम

विराटनगर, ३० भदौै । बाल दिवसको अवसर पारेर आइतबार राउण्ड टेवल नेपालले मोरङ, सुनसरी र काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत छात्राछात्राहरूको प्रतिभा प्रस्फुटन गर्न नाटक तथा नृत्य प्रतियोगिताको आयोजना गरी विभिन्न शैक्षिक एवं खाद्य सामग्री वितरण गरेको छ ।
राउण्ड टेवल नेपाल र नेपाल बाल संगठनको संयुक्त आयोजनामा विराटनगर–७ स्थित श्रीबाल मन्दिर आधारभूत विद्यालयमा विद्यार्थीहरूले प्रतिस्पर्धात्मक नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट नृत्य गर्ने विद्यार्थीहरूलाई राउण्ड टेबल नेपालले पुरस्कृत गरेको थियो । कार्यक्रममा सो विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई स्टेशनरी खाद्यान्नलगायतका सामग्री वितरण गरिएको थियो । राउण्ड टेबल नेपालका राष्ट्रिय सम्पादक स्वतन्त्र नेवटिया तथा राउण्ड टेबल टुका पूर्वाञ्चल को–अर्डिनेटर सन्नी अग्रवालले आफूहरूले विद्यालयसँग सहकार्य गरेर विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताए ।

त्यसैगरी बाल दिवसको अवसर पारेर राउण्ड टेबल नेपालले कटहरीस्थित श्री खेरवना आधारभूत विद्यालयमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो । राउण्ड टेवल वीपीआरटी फाइभको सहकार्यमा भएको सो कार्यक्रममा बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको राउण्ड टेबल नेपाल विपीआरटी टेनका सेक्रेटरी भावेश राठीले जानकारी दिए । त्यसैगरी राउण्ड टेबल डीआरटी–२६ ले धरानस्थित श्रीसम्यक शिक्षा आधारभूत विद्यालयमा सांस्कृतिक नृत्य तथा नाटक प्रतियिोगिता गरेको थियो । सो अवसरमा राउण्ड टेबलले शैक्षिक सामग्रीका अलावा स्वास्थ्य सामग्रीहरूसमेत वितरण गरेको राउण्ड टेबल डीआरटी–२६ का कृष्ण अटलले जानकारी दिए । त्यस्तै राउण्ड टेबल केसीआरटी–१२ ले काठमाडौ हात्तिगौंडास्थित न्यू चिल्ड्रेन्स होमका बालबालिकालाई ब्याग, स्टेशनरी तथा खाद्य सामग्री वितरण गरेको टेवलका चेयरमेन साजन अग्रवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्