भोजपुरमा आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने छोरा समातिए , बुवा घाइते

भोजपुरमा आफ्नै बुवालाई खुकुरी प्रहार गर्ने छोरा समातिए , बुवा घाइते

भोजपुर । प्रहरीले बाबुलाई खुकुरी प्रहार गर्ने छोरालाई अन्ततः पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरका २४ वर्षीय शिवहाङ राई रहेका छन् ।

आइतबार राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार बेलुका भएको घटनालगत्तै फरार रहेका शिवहाङलाई प्रहरीले भैँसीपङ्खाको असिनेबाट पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते चन्द्रबहादुरको गर्धनमा अढाइ इञ्च गहिरो चोट लागेको प्रहरीको भनाइ छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते चन्द्रबहादुरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्