बिराटनगरमा डान्डीया नाइट्स हुने , टिकटकका स्टार प्रिन्सी र प्रिश्मा आउने

बिराटनगरमा डान्डीया नाइट्स हुने , टिकटकका स्टार प्रिन्सी र प्रिश्मा आउने

बिराटनगर भदौ ३०,

बिराटनगरमा मारवाडी महिला मंचको आयोजनामा एक दिवसीय डान्डीया नाइट्स हुने भएको छ । बिराटनगरको अतिथि सदनमा आयोजना हुने उक्त कार्यक्रममा मंच द्दारा बिभिन्न सांस्कृतिक कार्यक्रम ,ओपेन डान्डिया ,सरप्राइज गिफ्टस ,खाना का स्टाल, लकि ड्रा,फेस ओफ मारवाडीको तर्फ बाट फेसन शो र डान्स रहेको मन्च कि अध्यक्ष किरण अग्रवालले जानकारी दिइन । साथै कार्यक्रममा मनोरन्जन मुलक एप टिकटकमा लोकप्रिय दिदीबहिनी प्रिन्सी र प्रिश्मा पनि आउने कार्यक्रम संयोजिका सरिता लालवाणी ले बताइन।

त्यसैगरी कार्यक्रममा फेस अफ मारवाडीका प्रतिस्पर्धाहरुले र्याम्प शो र डान्स समेत गर्ने आयोजकले जनाएको छ । कार्यक्रम २१ सेप्टेम्बर बेलुकी ५ बजे सुरु हुनेछ र उक्त कार्यक्रम को टिकट सेन्ट्रल माल को हेल्प डेस्क मा,शुभकामना पसल र साइ श्रीगार पसल मा समेत पाइने मन्चकि महासचिव रेनु तोदिले जानकारी गराइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्