बिराटनगरको सडकको अवस्था : कोशी अस्पताल अगाडी गुडिरहेको ट्रक नै पल्टियो

बिराटनगरको सडकको अवस्था : कोशी अस्पताल अगाडी गुडिरहेको ट्रक नै पल्टियो

विराटनगर, भदौं ३० । बिराटनगरको सडकको अवस्था कति बिजोक छ भन्ने कुराको उदाहरण बिराटनगर कोशी अंचल अस्पताल छेउमा पल्टिएको ट्रकको तस्बिरले बताउछ ।

अस्पताल चोकमा सडक निर्माण कार्य भएको धेरै समय हुदा पनि व्यवस्थित रुपमा काम नहुदा सडकमा भासिएर भारतीय ट्रक पल्टिएको हो । बिआर ०६ जिसी १०९१ नम्बरको मालवाहक ट्रक सडकमा गुडिरहेको अवस्थामा पल्टिएको हो ।

ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त ट्रक निर्माणाधीन सडकमा हिलो रहेको कारण भासिएर पल्टिएको जनाएको छ । अति संवेदनशील एरिया जहाँ अस्पताल , रंगशाला , सभागृह , बालबालिकाको लागि फन पार्क लगायत भएको ठाउँको सडकको अवस्था यस्तो भएपछी बिराटनगरबासिले ठुलो सास्ती खेप्दै आउनु परेको छ ।

उक्त घटनामा कुनै मानवीय क्षति नभएपनि आगामी दिनमा कुनै ठुलो दुर्घटना हुन नदिन बिराटनगर महानगरपालिका सचेत हुनु जरुरी  छ ।

तस्बिर : संजय श्रेष्ठ/फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्