विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा अस्थायी शिक्षकको धर्ना, काम रोक्न खोज्दा प्रहरीले हटायो

<span class='c1'>विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा अस्थायी शिक्षकको धर्ना,</span> <span class='c2'>काम रोक्न खोज्दा प्रहरीले हटायो</span>

विराटनगर । प्रदेशभरीका सम्पुर्ण अस्थायी शिक्षकहरुलाई पुर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पुर्ब अस्थायी शिक्षकले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन् । मुख्यमन्त्री कार्यालयमा काम रोक भन्दै धर्ना दिन पुगेका शिक्षकहरुलाई प्रहरी हटाएको छ ।
अस्थायी, करार शिक्षक संघर्ष समिति प्रदेश नम्बर १ ले सोमबार विहान विराटनगरमा रहेको मुख्यमन्त्री कार्यालयमा धर्ना दिन पुगेका शिक्षकहलाई प्रहरीले हटाएको हो ।
रोजगारी खोस्न नपाउने संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई स्थायी गराउने उपयुक्त कानुनी व्यवस्था गर्न माग गर्दै सरकारलाई दवाव दिन धर्ना दिईएको संघर्ष समितिका संयोजक कपलेश्वर मण्डलले जानकारी दिए ।
विगत लामो समयदेखि रोजगारीको ग्यारेन्टीको माग गर्दै आन्दोलनरत अस्थायी करार शिक्षकहरुले सरकारलाई दबाब दिदै आएका छन् । रोजगारी खोस्न पाईदैन, आई.एल.लो सन्धि कार्यान्वयन गर्न दवाव दिँदै आएका छन् ।
संघर्ष समितिले विगतमा गरिएको सहमति अनुसार आफूहरुलाई आन्तरिक परीक्षाबाटै स्थायी गराउने व्यवस्था गर्न पटक पटक परीक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउदै आएका छन् ।
अस्थायी तथा करारमा रहेका शिक्षकहरुले आफूहरुलाई स्थायी गर्न माग गर्दै पटक पटक प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको तर आफूहरुको मागको सम्बोधन नभएपछि धर्ना दिन बाध्य भएको शिक्षिका टीका रिजालले बताईन् ।
उनीहरुले माग सम्बोधन नभएसम्म सम्बन्धित निकायमा धर्नालगायतका आन्दोलनको कार्यक्रम जारी राख्ने अस्थायी करार शिक्षकहरुले चेतवानी दिएका छन् । उनीहरुले शान्तिपुर्ण धर्ना दिन लाग्दा प्रहररुीबाट दुव्र्यबार भएको अस्थायी शिक्षक संघर्ष समितिका सचिव बिरेन्द्र दासले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्