विराटनगर ३० भदौ । विराटनगर ११ मा रहेको क्यासा डेई मन्टेश्वरीले बाल दिवसको अवसरमा विविध कार्याक्रम गरी मनाएको छ ।
मन्टेश्वरीले बाल दिवसको अवसरमा स्कुलमा अध्ययनरत बालबालिकाहरुले नृत्य तथा गीत गाएर मनोरन्जन प्रदान गरेका थिए ।
साथै बाल दिवसको अवसरमा बालबालिकाहरुका अभिभावक सहितको स्वास्थ्य चेक जाँच तथा डाक्टर सँग बालबालिकाहरुको स्वास्थ्य सल्लाह लिएका छन् । विराटनगर हस्पिटल चोकमा रहेको संजिवनी हस्पिटलका बाल रोग विशेज्ञ डा. रुपेश कुमार सिहले बालबालिका अभिभावकसँग स्वास्थ्य सम्बन्धी परामर्स लिएका थिए । मन्टेरश्वरीले बालबालिकालाई हरेक महिना विभिन्न कार्याक्रम गराउदै आएको स्कुलका प्रिन्सीपल प्रवित्रा तामाङले जानकारी दिनुभयो ।