उर्लावारी नगरपालिकाको काम ३३ दिनपछि आंशिक शुरु, गत अर्थिक बर्षको निर्णयमा टेकेर काम

<span class='c1'>उर्लावारी नगरपालिकाको काम ३३ दिनपछि आंशिक शुरु,</span> <span class='c2'>गत अर्थिक बर्षको निर्णयमा टेकेर काम</span>

विराटनगर । ३३ दिनदेखि अवरुद्ध मोरङको उर्लाबारी नगरपालिकाको सेवा सोमबारदेखि आंशिक रुपमा खुलेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले बिहीबार संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका नाममा पठाएको पत्रको आधारमा सेवा सुचारु गर्ने निर्णय गरेको नगर प्रवक्ता भानुभक्त शर्मा पराजुलीले जानकारी दिए ।
मन्त्रालयबाट प्राप्त चलानी नम्बर ७९ को पत्रमा नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारी समेतले नगरपालिका सहितलाई विपक्षी बनाई उच्च अदालत विराटनगरमा दिएको रिट निवेदन र अदालतबाट जारी भएको प्रारम्भिक आदेशका कारण गत साउन २८ गते देखि आर्थिक र विनियोजन ऐन सँग सम्बन्धित सबै सेवाहरु अवरुद्ध हुँदा नागरिकलाई मर्का परेकोले अदालतको फैसला नआएसम्म अघिल्लो आर्थिक वर्षको निर्णय अनुसार कार्य सञ्चालन गर्न परिपत्र गरेको थियो ।
कार्यपालिकाको बैठकले अदालतको फैसला नहुँदासम्म आर्थिक वर्ष २०७५÷०७६ को नगर सभाबाट निर्णय भए अनुसार कार्य गर्ने, अदालतमा विचराधिन रहेको विषयमा फैसला आएपछि सोही अनुसार गर्ने गराउने, सफ्टवेयरमा तुरुन्त सेवा सूचारु र सम्मत्ति कर, मालपोत शुल्क र दस्तुर आदि संकलनमा पनि नगदी रसिदको माध्यमबाट कार्य सञ्चालन गर्ने निर्णय गरेको छ ।
गत असार २८ गते बसेको कार्यपालिका बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर खड्ग फागोसहित ६ जना कार्यपालिका सदस्यले मात्र एकलौटी निर्णय गरेको भन्दै नेकपाबाट निर्वाचित उपमेयर भण्डारीसहित १३ जना कार्यपालिका सदस्य उच्च अदालत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्