विराटनगरदेखि बूढीगंगा गाउँपालिकाको बूढी खोलासम्म सिसि क्यामेराको निगरानी

<span class='c1'>विराटनगरदेखि बूढीगंगा गाउँपालिकाको बूढी</span> <span class='c2'>खोलासम्म सिसि क्यामेराको निगरानी</span>

विराटनगर । मोरङ प्रहरीले प्रदेश १ सरकारको सहयोगमा ५८ वटा नयाँ सीसी क्यामेरा जडान गरेर सञ्चालनमा ल्याएको छ । सुरक्षा निगरानी बढाउँदै सबै प्रकारको अपराधिक गतिविधिलाई नियन्त्रण गरेर प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउने योजना अनुरुप सरकारले सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको हो ।
प्रदेश सरकारले बिनियोजन गरेको एक करोड २० लाख रुपैयाँ मध्ये एक करोड १३ लाख ५८ हजार पाँच सय नौ रुपैयाँ खर्च गरेर विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।
उनका अनुसार कोशी राजमार्ग अन्तर्गत विराटनगरदेखि बूढीगंगा गाउँपालिकाको बूढी खोलासम्म र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी पूर्वको बूढी खोलादेखि उर्लाबारीसम्म ६० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याएर सीसी क्यामेरा जडान गरिएको छ ।
कोशी राजमार्गमा ३२ वटा तथा पूर्व–पश्चिम राजमार्गमा २६ वटा नयाँ सीसी क्यामेरा सञ्चालनमा ल्याइएको छ । मोरङ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय पथरीबाट सीसी क्यामेराको निगरानी हुने छ ।
‘सबै सीसी क्यामेरामा तीन महिनासम्मको स्टोरेज क्षमता छ,’ एसपी अधिकारीले भने, ‘क्यामेरामा कैद भएका भिडियो फुटेज तीन महिनासम्म स्टोरेज हुन्छ ।’ प्रदेश सरकारले जडान गरेको ५८ वटा नयाँसहित मोरङमा हालसम्म सडक र सार्वजनिक स्थलमा जडान भएर सञ्चालनमा ल्याइएका सीसी क्यामेराको संख्या एक सय ५४ पुगेको छ ।
पछिल्लो समय अपराधको शैली फेरिएसँगै प्रहरीले अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र अनुसन्धानलाई प्रभावकारी बनाउन राखिएको सीसी क्यामेराले ठूलो सहयोग मिल्ने प्रहरी अधिकारीको भनाइ छ ।
प्रदेश सरकारको सहयोगमा जडान गरिएका सीसी क्यामेरा सुरक्षा प्रणालीको शुभारम्भ सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे । उनले सबै प्रकारको अपराध नियन्त्रण र अपराध अनुसन्धान गर्न सीसी क्यामेराले प्रहरीलाई मद्धत पुग्ने बताए । प्रदेशमा सरकार बनेको दिन नै आफूले सुरक्षाको प्रत्याभूति दिएर सुशासन कायम गर्ने महत्वपूर्ण प्रतिवद्धता जनाएको र त्यसलाई पूरा गर्ने सिलसिलामा सीसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरेको मुख्यमन्त्री राईको भनाइ छ ।
‘कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षा संयन्त्रलाई बलियो र प्रविधि मैत्री बनाएर लैजान प्रदेश सरकारले गरेको काम अपराध नियन्त्रण र अनुसन्धानका सवालमा निक्कै प्रभावकारी एवं महत्वपूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्