जन्डिसको उपचार गर्छु भन्दै धामीले पेट चिरिदिँदा बिरामीको मृत्यु

<span class='c1'>जन्डिसको उपचार गर्छु भन्दै धामीले</span> <span class='c2'>पेट चिरिदिँदा बिरामीको मृत्यु</span>

काठमाडौँ ।  मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ। यो धादिङको खबर हो । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो।

दुई महिनादेखि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए। यो खबर आजको कान्तिपुरमा छापिएको छ। पेट चिरेर विकार निकालेबापत ८ हजार रुपैयाँ पनि उनले असुलेका थिए।

झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। तर काठमाडौं नयाँ बजारस्थित पिपुल मेडिकल कलेजले अरूले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो। लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन्। हाल उनी फरार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्