प्रेमिकाले तिला नदीमा फाल हानेपछि प्रेमीलाई आत्महत्या दुरुत्साहन मुद्दा !

प्रेमिकाले तिला नदीमा फाल हानेपछि प्रेमीलाई आत्महत्या दुरुत्साहन मुद्दा !

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका ३ की २४ वर्षीया रीता बुढाले तिला नदीमा हाम फालेर आत्महत्या गरेकी छन्। २१ भदौमा रीताले चन्दननाथ नगरपालिका १ दानसाँघु नजिकैबाट नदीमा फाल हानेकी हुन्।

उनको शव एक सातापछि सडेको अबस्थामा फेला परेको डिएसपी लालबहादुर धामीले जानकारी दिए।

प्रेमीसँग विवाह गर्ने तयारीमा रहेकी छोरीले एकाएक नदीमा हाम फालेको थाहा पाएपछि आफन्तले प्रहरीमा उजुरी गरेका खबर आजको राजधानी दैनिकमा जुम्लाबाट शुभाकर विश्वकर्माले लेखेका छन्।

आफन्तले चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका अंगत भण्डारीको नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन्। प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ।

१९ भदौमा रीता चन्दननाथ वसपार्कस्थित एक होटलमा प्रेमी भण्डारीसँगै बास बसेकी थिइन्।भोलीपन्ट बिहान प्रेमी सम्पर्कविहीन भएपछि उनले नदीमा फाल हानेको अनुसन्धानबाट खुलेको छ। भण्डारी र बुढाको करिब एकमहिनाअघि फेसबुकमा सम्पर्क भएको र त्यसपछि उनीहरु नजिकिँदै विवाहसम्मको अबस्थामा पुगेको परिवार स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्