प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीको छापा

प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीको छापा

बिर्तामोड ।  नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो । सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा तीन जना नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा जिल्ला जनसरकार प्रमुख टीका पोखरेल, सेक्रेटरी प्रविण मिश्र र मकवानपुरका कार्यकर्ता अनुल सारु मगर छन् ।

पछिल्लो एक महिनामा झापामा भएका विष्फोटका योजनाकार पोखरेल र मिश्र भएको प्रहरी दाबी छ ।यो गिरफ्तारीसँगै समूहको झापा जिल्ला समितिका अध्यक्षबाहेक अधिकांश समातिएका छन् ।समूहका झापा अध्यक्ष सुमन सिंहको भने जिल्ला खासै गतिविधि देखिएको छैन । ‘जति पनि ध्वंसात्मक गतिविधि भए ती सबै जनसरकार प्रमुख र सेक्रेटरीले नै गरेको देखिन्छ’, स्रोत भन्छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार, उनीहरुबाट बरामद कागज पत्रले समूहको थप योजनाबारे पनि प्रस्ट पारेको छ । ‘हामीले चाँडै नियन्त्रणमा लिनसक्दा थप क्षति हुनबाट रोकिएको छ’, स्रोतले भन्यो, ‘वैठकको निर्णय र बरामद अन्य दस्तावेजको विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्