आज बिहानैदेखि बिराटनगर लगायत पुर्वमा वर्षा , मनसुन सकिन अब करिब एक हप्ता

आज बिहानैदेखि बिराटनगर लगायत पुर्वमा वर्षा , मनसुन सकिन अब करिब एक हप्ता

आज बिहानैदेखि बिराटनगर लगायत पुर्वमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार यतिबेला देशका पूर्वी र मध्य भूभागका धेरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । आज देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

बंगालको खाडीबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको महाशाखाको भनाई छ । मौसमविद् बरुण पौडेलले बाह्रखरीलाई दिएको जानकारीअनुसार आज र भोलि देशका अधिकांश भागमा सिमसिमे झरी पर्ने अवस्था रहेको छ भने बिहीबारबाट भने मौसममा केही सुधार आउने छ ।
मनसुन सकिन अब करिब एक हप्ता रहेको मौसमविद् श्रेष्ठले जानकारी गराए । आज सेप्टेम्बर १७ भएको छ भने मनसुनको अवधी सेप्टेम्बर २३ सम्म हो । उनले भने, ‘‘सेप्टेम्बर २३ सम्म मनसुनको अवधी भए पनि केही दिन पर सरेर सेप्टेम्बर भरी नै पनि जान सक्छ ।’’

महाशाखाका अनुसार आज दिउँसो देशभरी सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभरी सामान्य देखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । मध्य र पश्चिमका थोरै र पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यसैगरी भोलि बुधबार पनि अवस्था त्यस्तै रहने र बिहीबारदेखि भने मौसममा सामान्य सुधार आउन सक्नेछ ।

आगामी २४ घण्टा  देशका मध्य र पश्चिमका धेरै स्थान तथा पूर्वका  केही स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी  भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा नदीमा पानीको बहाव बढ्न सक्ने जनाइएको छ ।
यसैगरी सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन समेत महाशाखाको तर्फबाट आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्