‘विराटनगर–जोगबनी एकीकृत चेकपोष्ट अब चाँडै’

‘विराटनगर–जोगबनी एकीकृत चेकपोष्ट अब चाँडै’

काठमाडौं । नेपाल—भारत तेल पाइपलाइन सञ्चालनमा आएपछि अब  नेपाल र भारतको सीमामा चाँडै अर्को एकीकृत चेक पोस्ट( आईसीपी) प्रयोगमा आउने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।  मंगलबारको भारतीय पत्रिका हिन्दुले सरकारी स्रोतलाई उद्धृत गर्दै सो कुरा उल्लेख गरेको छ । आईसीपीको लागि भारतको जोगबनी र नेपालको विराटनगरतर्फ ९० प्रतिशत काम सकिएको सो समाचारमा उल्लेख छ ।

यसखालको चेकपोस्ट नेपाल–भारत सीमामा बन्न लागेको यो दोस्रो हो । यसअघि रक्सौल–वीरगञ्ज क्षेत्रमा यसखालको चेकपोस्ट सञ्चालनमा आएको थियो ।  चेकपोस्टमा भारततर्फको काम २०१६ मा नै सकिएको र नेपालतर्फ भने ठेकेदार सम्बन्धी विषयले गर्दा केही ढिला भएको समाचारमा उल्लेख छ । सो क्षेत्रलाई पनि पछि रेलबाट जोडिन सक्ने बताइए पनि रेल सञ्जालको बारेमा विस्तृत कुरा नआएको समाचारमा जनाइएको छ ।

अन्तिम चरणमा रहेको चेक पोष्टमा आधुनिक कार्गो र यात्रु टर्मिनलको व्यवस्था गरिनुका साथै गेटमा दुबैतर्फ देखिने गरी ‘मिरर फेसिलिटी’को पनि व्यवस्था गर्न लागिएको जनाइएको छ ।

-बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्