संविधान दिवसमा घरघरमा झण्डा फहराएर दीपावली गर्न गृह मन्त्रालयको अनुरोध

संविधान दिवसमा घरघरमा झण्डा फहराएर दीपावली गर्न गृह मन्त्रालयको अनुरोध

काठमाडौं । संविधान दिवस राष्ट्रिय मूल समारोह समिति २०७६को आव्हानमा असोज २, ३ र ४ गते विविध कार्यक्रमसहित संविधान दिवस तथा राष्ट्रिय दिवस हर्लोल्लासपूर्वक मनाइने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयबाट जारी वक्तव्यमा संघीय, प्रादेशिक एवं स्थानीय सरकारका विभिन्न निकायहरुको समन्वयमा आयोजना हुने कार्यक्रमहरुमा सरकारी, गैरसरकारी, सामुदायिक एवं निजी सबै संघसंस्थाहरु र आम नेपाली जनताको व्यापक सहभागिता एवं घरघरमा राष्ट्रिय झण्डा फहराएर साँझ दीपावली गरी भव्यता र व्यापकताका साथ मनाउन सम्पूर्ण देशवासीमा अनुरोध समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्