सोलुखुम्बुबाट उडेको ७ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

<span class='c1'>सोलुखुम्बुबाट उडेको  ७ वटा हेलिकप्टर</span> <span class='c2'>काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण</span>

काठमाण्डौ ।  सोलुखुम्बुको लुक्लाबाट पर्यटक लिएर काठमाण्डौ आउँदै गरेका ७ वटा हेलिकप्टरलाई काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ ।

सोलुखुम्बुमा अलपत्र परेका पर्यटक बोकेर उडेका ८ मध्ये कैलाश, मनाङ र सिम्रिक एयरका ७ वटा हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको हो ।

सोलुखुम्बुबाट उडेका ८ मध्ये ४ वटा काभ्रेमा ४ र ३ वटा सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको हो । काभ्रेको पाँचखाल नगरपालिका–५ जोरपाटीमा ३ वटा र होक्सेमा एउटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि त्यहाँ करिब ३ सय पर्यटक अलपत्र थिए । अलपत्र परेका तिनै पर्यटकको उद्दारका लागि हेलिकप्टरहरु लुक्ला पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्