काठमाडौँमा अवतरण गर्न नसकेर विराटनगर आएका जहाज उडे

काठमाडौँमा अवतरण गर्न नसकेर विराटनगर आएका जहाज उडे

विराटनगर । मौसममा देखिएको खराबीका कारण काठमाडौँमा अवतरण गर्न नसकेर विराटनगर आएका जहाजहरु उडेका छन् । विराटनगरबाट काठमाडौको लागि उडेको बुद्ध एयरको जहाज काठमाडौमा अवतरण गर्न नसकेर पुनः विराटनगर फर्किएको थियो । त्यस्तै भद्रपुरबाट काठमाडौँ उडेको दुईवटा जहाज पनि फर्किएर बिराटनगरमै अवतरण गराईएका थिए ।
विराटनगर विमानस्थलमा बुद्ध एयरको तीनवटा, एति एयरलाईन्सको २ वटा गरी पाँचवटा जहाज अबतरण भएका थिए । नागरिक उड्ययन प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाले चन्द्रगढीबाट आएको दुईवटा र बिराटनगरबाट उडेको एउटा जहाज फर्किएर विराटनगरमा नै अवतरण गराएका थिए ।
दिउँसो १२ बजेर ५ मिनेटमा उडेको जहाज काठमाडौँ विमानस्थलमा ल्याण्ड गर्न नसकेर फर्किएको थियो । साढे तीन बजेसम्म विराटनगरमा नै रहेका जहाजहरु त्यसपछि उडेका थिए । विमान होल्ड हुँदा विराटनगर बिमानस्थलमा यात्रुले खचाखच भरिएको थियो ।
लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको थियो । भिजिविलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्