काठमाडौं भदौ ३१ ,
विवेकशील नेपालीको आन्तरिक चुनावमा अध्यक्ष उज्वल थापा नउठ्ने भएका छन्। आठ वर्षदेखि अध्यक्षको पदमा रहेका थापाले आन्तरिक चुनावमा कुनै पनि पदका लागि नउठ्ने घोषणा गरेका हुन्।
‘पार्टीमा न्याय र मित्रता कायम गर्नका लागि यस्तो निर्णय भएको हो’ प्रवक्ता मिलन पाण्डेले भने।
मंगलबार यसबारेमा उनले पार्टीका कार्यकर्तालाई जानकारी दिएको प्रवक्ता पाण्डेले बताए।
विवेकशील नेपालीको राष्ट्रिय सम्मेलन कार्तिक १ र २ गते जनकपुरमा हुँदैछ। सम्मेलनका लागि बुधबारदेखि आन्तरिक चुनावको प्रकृया सुरू हुने भएको पार्टीले जानकारी दिएको छ।