नेरुडे लघुवित्त र विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता

<span class='c1'>नेरुडे लघुवित्त र विराट मेडिकल</span> <span class='c2'>कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता</span>

बिराटनगर भदौ ३१ , 

विराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नाग्राहक सदस्यका लागि स्थानिय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदानगर्ने हेतुले बुढीगंगा गाँउपालिका २, गंगाचौक स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलसँग एक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा वित्तीय संस्थाका प्रबन्ध सञ्चालक सुधिर कुमार श्रेष्ठ र अस्पतालका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरेका छन्  ।

सम्झौता अनुसार वित्तीय संस्थाका ग्राहक, कर्मचारी, र सञ्चालक समितिका पदाधिकारीहरुले विराट मेडिकल कलेज टिचिङ्ग अस्पतालमा उपचार गराउँदा ओ.पी.डी दर्ता शुल्क निःशुल्क पाउनेछन भने ल्याब तथा डाइग्नोष्टिकमा १०% ,अलट्रासाउण्ड र सी.टी स्कायनमा १५%, लिथोट्रिप्सी सेवा (किडनीको पत्थरीमा) १५%, चिरेर गरिने शल्यक्रियामा २०%, ल्याप्रोस्कोपीक अप्रेशनमा १०%, जनरल बेड चार्जमा २०%, आई.सी.यू, एन.आई.सी.यू र भेन्टिलेटर शुल्कमा १०%, डेलिभरीमा अप्रेशन र नर्मल प्रसुति सेवा निःशुल्क (नेपाल सरकारको कार्यक्रममा), प्रत्येक हप्ताको बुधवार गर्भवती जाँच निःशुल्क, हप्ताको प्रत्येक बुधवार खोप सेवा निःशुल्क, फार्मेसीमा ६% छुट र स्पेशल ल्याब टेस्ट ५% छुट प्राप्त गर्नेछन् ।

राष्ट्रिय स्तरमा ८७ वटा शाखाउपशाखा कार्यालयमार्फत लघुवित्त सेवाप्रदान गर्दै आईरहेको नेरुडेले आगामी दिनमा प्रदेश अनुसार उपयूक्त स्वास्थ्य संस्थाको छनौट गरी आफ्ना ग्राहक सदस्यहरुलाई सहुलियतपूर्ण स्वास्थ्य सेवाप्रदान गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्