झापामा यस्तो घटना : एकै परिवारका दाजुभाई बालिकालाई जबरजस्ती करणी आरोपमा समातिए

<span class='c1'>झापामा यस्तो घटना : एकै परिवारका</span> <span class='c2'>दाजुभाई बालिकालाई जबरजस्ती करणी आरोपमा समातिए</span>

झापा, भाद्र ३१ गते ।

ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती करणी गरी फरार भएका थिए ।

आफुलाई जबरजस्ती करणी गरेको भन्दै पिढकको घरमा पुगेकी बालिकालाई पिढकका २५ बर्षीय दाजुले समेत सोही जंगलमा लगेर जबरजस्ती करणीको प्रयास गरेको भन्दै पिढितको आफन्तले ईलाका प्रहरी कार्यालय गौरादहमा जानकारी गराउनासाथ खोजतलाशमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्न २ जना दाजुभाई लाईनै पक्राउ गरेको छ ।

पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्