प्रदेश १ का ब्यापारीको टोली अमेरिका प्रस्थान, नेपालमा संभावित लगानी र अबसरको खोजी

प्रदेश १ का ब्यापारीको टोली अमेरिका प्रस्थान, नेपालमा संभावित लगानी र अबसरको खोजी

विराटनगर । ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श, न्यूयोर्क, अमेरिकाको निमन्त्रणामा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को टोली अमेरिका प्रस्थान गरेको छ । अध्यक्ष नरेन्द्रकुमार खडका, उपाध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघ काठमाण्डौंका नि.महानिर्देशक गोपाल तिवारी सहितको टोली अमेरिका प्रस्थान गरेको हो ।
टोलीले यही २०७६ असोज २ गते देखि ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्शले आयोजना गरेको १८औं ग्रेटर न्यूयोर्क फेयर एण्ड कन्फ्रेन्समा भाग लिनुका साथै नेपाल उद्योग वाणिज्य महासंघ र ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्श अमेरिका बीच भगिनी सम्बन्ध कायम गर्ने छ । भगिनी सम्बन्धमा हस्ताक्षर गरी ग्रेटर न्यूयोर्क चेम्बरका पदाधिकारीहरुसंग बि टु बि छलफल गर्ने कार्यक्रम रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट नेपालमा संभावित लगानीका अवसर तथा दुई देश बीचको व्यापार प्रवद्र्धनका विषयमा तयार गरिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्