विराटनगर । गत बर्षदेखि विराटनगरको मेरील्याण्ड कलेज र शिक्षदीप कलेजसँग व्याचलर तहको शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको हिमालय दर्शन कलेज विराटनगरले काठमान्डौका कलेजहरुलाई चुनौती दिँदै उत्कृष्ट अंक ल्याएको छ ।
भर्खरै त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्ध लिईएको बिआइएम कार्यक्रम अन्तरगत प्रथम सेमेस्टारको परीक्षामा प्राईभेट कलेज मध्ये पहिलो भएको छ भने शंकरदेव क्याम्पस काठमान्डौपछि दोस्रो हुँदै उत्कृष्ट नतिजा ल्याएको हो ।
परीक्षाफलमा हिमालय दर्शन कलेजकी छात्रा निकिता खनाल त्रिवि पाचौ तथा छात्र कैलाश यादव त्रि.वि. छैटौं भएका छन् ।
यसैगरी वि.एस.सी.सिएसआईटी तर्फ कलेजका अनिशभक्त जोशीले ८७.२० प्रतिशत अंक प्राप्त गरी त्रिवि दोस्रो भएका छन् । प्रदेश नम्बर १ को शैक्षिक हव विराटनगरको हिमालय दर्शन कलेजले यसै पटकदेखि काठमान्डौको एम पर्सेप्ट टेक्लोलोजी आईटी कम्पनीसँग नयाँ समझदारी समेत गरिसकेको छ ।
यसैवर्षदेखी व्याचलर तहको होटल म्यानेजमेन्ट पनि संचालन गर्न लागेको कलेजले जनाएको छ । विराटनगरको विग होटल, पर्पल हेंज रेस्टो गार्डेन तथा काठमान्डौको पाँचतारे होटलहरूसँग सम्झौता गरिसकेको कलेजका निर्देशक भेषराज पोखरेलले जानकारी दिए । हिमालय दर्शक कलेजले यस पटक अन्र्तराष्ट्रिय रिर्सज भिजिट समेत गराउने भएको छ ।
कलेजले भारतका ठूला युनिभर्सिटी, पाँच तारे होटल, आईटी कम्पनी र ठूला उद्योगमा विद्यार्थीहरुलाई अध्ययन भ्रमण गराउने कलेजका व्यवस्थापन विभाग प्रमुख भुपाल मिश्रले जानकारी दिए ।