प्रदेश १ प्रदेशसभाको बैठक प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण स्थगित

प्रदेश १ प्रदेशसभाको  बैठक प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण  स्थगित

विराटनगर। प्रदेश १ प्रदेशसभाको मंगलबारको बैठक प्रतिपक्षी दलको अवरोधका कारण संचालन हुन सकेन। प्रदेश सरकारले सदनमा पेश गरेको मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक कार्यसूचीबाट हटाउन माग गर्दै कांग्रेसका सांसद बैठकको सुरुमै उठेर विरोध गरेपछि संसद स्थगित भएको हो।

मंगलबारको बैठकले विश्वविद्यालयसम्बन्धी विधेयकमाथि सामाजिक समितिले दिएको प्रतिवेदनसहित पारित गर्ने कार्यसूची थियो। कार्यसूचीअनुसार सभामुख प्रदीपकुमार भण्डारीले बैठक संचालन सुरु भएको जानकारी गराउना साथ कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए। आफ्नो विरोध के विषयमा हो जानकारी गराउन सभामुख भण्डारीले आग्रह गरेपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले एकलौटी ढंगले सरकार अगाडि बढ्न खोजेको बताए।

उनले सरकारले आफूहरूले यसअघिदेखि नै देखाएको सदासयतालाई कमजोरी ठानेको भन्दै विधेयकप्रति आफ्नो असहमति रहेको जानकारी गराए। कार्कीले आफूहरूको कुराको सुनुवाई नगरी संसद अगाडि बढ्न खोजे रोष्टम घर्ने चेतावनी पनि दिए। त्यसपछि २० मिनेटका लागि स्थगित भएको बैठक पुनः बसेको थियो। कांग्रेसका सांसदहरुले पुनः बैठक अवरुद्ध गरेपछि बुधबार दिनको १ बजे बस्नेगरी बैठक स्थिगित भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्