संखुवासभाकबाट धरान आउँदै गरेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवासभाकबाट धरान आउँदै गरेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

संखुवासभा । खांदबारीबाट धरान जाँदै गरेको जीप गएराति अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । मंगलबार राति १० बजेको समयमा बिरामी बोकेर धरान जानेक्रममा को १ ज ३७४९ नम्बरको जीप अक्करको भिरबाट अरुण नदीमा खसेको हो ।This image has an empty alt attribute; its file name is image-112-768x416.png

अक्कर भिर संखुवासभाकै धर्मदेवी नगरपालिका वडा ८ मा पर्दछ । निरन्तर बर्षाका कारण कच्ची सडकमा हिलो भएकाले जीप चिप्लिएर नदीमा झरेको हुनसक्ने संखुवासभाका डिएसपी मिम लामाले बाताए ।

दुर्घटना लगत्तै खाँदबारीबाट परिचालित प्रहरी घटनास्थल पुगेपनि उद्धार हुन सकेको छैन । निरन्तर पानी पर्दा खोलामा बढी आइरहेकाले उद्धारमा समस्या भएको उनले बताए ।

जीपमा जम्मा ६ जना सवार रहेको खुलेपनि को को थिए भन्नेबारे खुल्न नसेको डिएसपी लामाले जानकारी दिएका छन् । अहिलेपनि उद्धार कार्य जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्