प्रदेश नम्बर १ : अबिरल बर्षासंगै आएको बाढीका कारण १ जनाको मृत्यु, १२ घर डुवानमा

प्रदेश नम्बर १ : अबिरल बर्षासंगै आएको बाढीका कारण १ जनाको मृत्यु, १२ घर डुवानमा

बिराटनगर, असोज ०१ गते ।

२ दिन देखीको अबिरल बर्षा संगै आएको बाढी तथा पहिरोमा परी १ नम्बर प्रदेशका बिभिन्न स्थानमा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका यसैगरी बाढीका कारण १२ घर डुवानमा परेका छन् ।

संखुवासभाः- संखुवासभाको मकालु गाउँपालिका-६ बस्ने बर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । गत सोमबार अपरान्ह ४ बजेको समयमा शुकमाया राई सहित अन्य ४ जना आफन्तको घर गएर फर्कने क्रममा सिलिचोङ गाउँपालिका-५ र मकालु गाउँपालिका-६ को बिचमा पर्ने पोखुवा खोला तर्ने क्रममा अचानक पानीको भेल आई शुकमायालाई खोलाले बगाएको थियो । घटनाबारे आफन्तले ईलाका प्रहरी कार्यालय याफुमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटि गई खोजतलाश गर्दा मकालु गाउँपालिका ६ स्थित पोखुवा दोभानमा शुकमायाको लाश फेला परेको थियो ।

यसैगरी अबिरल बर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका-३ का अर्जुन राईको घर भत्कदा बिस्थापित भएका छन् । बर्षाका कारण घर भत्किएर पुर्ण रुपमा क्षति हुँदा बिस्थापित भई आफ्नै गोठघरमा बसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


उदयपुरः- अविरल बर्षा संगै आएको बाढी गाउँ पस्दा उदयपुरको बेलका नगरपालिका-३ निशानटोल सातपत्रेका १२ घर डुवानमा परेका छन् । स्थानीय गिदेरी खोलाको बाढी गाउँ पस्दा उक्त टोलका १२ घर डुबानमा परेका हुन् । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-३ को काली खोलाले को १ च ६४२० नम्बरको मारुति भ्यानलाई बगाउदा क्षति भएको छ । उक्त भेनमा सवार ३ जनाको सकुशल उद्धार गरिएको छ भने भेनलाई खोलाबाट बाहिर निकाली खोला किनारामा राखिएको छ ।

त्यस्तै त्रियुगा नगरपालिका-३ मा रमानन्द शाहले संचालन गरेको किराना पसलमा भेल पस्दा करिव ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी बेलका नगरपालिका-६ घारे खोलाको बाढीले हाईड्रोपावर बगाउदा १५ घर परिवारको बिद्युत अबरुद्ध भएको छ भने उक्त बाढीले स्थानीय मान बहादुर राईले पालेका ५ वटा सुँगुर र १ वटा गोरु बगाएको ईलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले जनाएको छ ।


झापाः- माईखोलामा आएको बाढीले कटान गर्दा जोखिममा परेका झापाको शिवसताक्षी नगरपालिका-१० बानडाँडा सुकुम्वासी टोलमा रहेका ३ घर परिवारलाई अन्यत्र सारिएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले ३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्