विराटनगरका ३ दाजुभाईले संचालनमा ल्याए ५ करोडको लगानीमा ‘ट्रमा केयर हस्पिटल’

<span class='c1'>विराटनगरका ३ दाजुभाईले संचालनमा ल्याए ५</span> <span class='c2'>करोडको लगानीमा ‘ट्रमा केयर हस्पिटल’</span>

विराटनगर, १ असोज । आज असोज १ गते विश्वकर्मा पुजाको अबसर पारेर विराटनगरका ३ दाजुभाईले ५ करोडको लगानीमा हस्पिटल संचालनमा ल्याएका छन् ।


विराटनगर– ९ घोघापुल चौकस्थित ‘जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर’ मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो । प्रदेश नम्बर एकका सामाजिक विकास मन्त्री जिवन घिमिरेले हस्पिटलको उद्घाटन गरी विरामीको ओपिडी सेवा सुचारु गरिएको हो ।
१५ वेडको अस्पताल करिब पाँच करोड लागतमा हस्पिटलमा संचालनमा ल्याएको अस्पतालका अध्यक्ष जयप्रकाश रायले जानकारी दिए । उनका अनुसार एनआइसियू र आइसियू ५÷५ वेडको रहेको छ । हस्पिटलमा विशेषयज्ञ चिकित्सवहरूबाट २४ घण्टा सेवाहरू संचालनमा रहेको बताइएको छ । अस्पताल संचालन आएको अवसर पारेर १५ दिनसम्म सम्पूर्ण ओपीडि सेवा निःशुल्क रहेको छ । यस्तै ल्याबमा पनि ५० प्रशित छुट गरेको अध्यक्ष रायले जानकारी दिए ।
अस्पतालमा न्यूरो लोजिष्ट डा. सन्तोष झा, बरिष्ठ हाड जोर्नी नशा बाथरोग विशेषज्ञ डा. महेन्द्र प्रसाद महतो, बालरोग विशेषयज्ञ डा. फडिन्द्र साह, वरिष्ठ फिजिसियन डा. विनोद यादव, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सविना लामिछाने लगायतबाट सेवा सुचारू हुने अस्पताले जनाएको छ । उक्त अस्पताल जय प्रकाश राय, दिपक राय र सवर्ण राय ३ दाजुभाईले लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्