धरान । लगतारको बर्षाकाकारण धरान–धनकुटा सडक जोखिममा परेको छ । धरान ४ स्थित निशाने खोलामा आएको बाढीले सडकलाई बाधा पु¥याएको छ भने निशाने डाडामा गएको पहिरोले सडक बगाउने जोखिम बढेको छ । पहिरोका कारण निशानेमा रहेको ए वान होटलको कटेज बगेको छ भने सो क्षेत्रमा रहेका अन्यहोटलहरु समेत उच्चजोखिममा रहेका छन् ।
सो क्षेत्रमा अहिले पनि पहिरो खस्ने क्रम नरोकिएपछि स्थानियहरु त्रसित छन् । स्थानिय गोपाल राईले मंगलबार रातीदेखी सुरु भएको पहिरो नरोकिएको तथा निशाने खोलाले समेत कटान गरिरहेका कारण आफुहरु उच्च जोखिममा रहेको बताए । कटानसगै पहिरो समेत झरी रहेको कारण कोशी राजमार्ग समेत उच्च जोखिम रहेको उनको भनाई छ । मंगलबार राती गएको पहिरोले धरान ४ निशानेका भक्तबहादुर राईको होटल ए वानसँगै ३ कट्ठा जमिन र ६ वटा कटेज समेत बगाएको छ । पहिरोले होटल तथा कटेज वगाउदा आफ्नो २५ लाख बढीको क्षतिपुगेको राई बताए । धरान–४ निशानेमा रहेका अर्जुन राई उत्तर माया राई, सन्तोाष राई तथा देविका राईको घर समेत उच्चजोखिममा रहेको स्थानिय गोपाल राईले जानकारी दिए ।