जनप्रतिनिधिको विदेश मोह, १४ महिनाको अवधिमा ३ सयजनाले गरे विदेश भ्रमण

<span class='c1'>जनप्रतिनिधिको विदेश मोह, १४ महिनाको अवधिमा</span> <span class='c2'>३ सयजनाले गरे विदेश भ्रमण</span>

काठमाडौं।  जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा २ सय ९९ जना भ्रमणमा गएका छन् । यीबाहेक भ्रमण स्वीकृत नै नगरी गएकाको तथ्यांक भने मन्त्रालयसँग छैन ।

मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय कानुन उल्लंघन गर्दै सरकारलाई जानकारी नै नदिई जानेको संख्या बढ्दो छ । जनप्रतिनिधिहरूको भ्रमणको रोजाइमा चीन, अमेरिका, जापान, दक्षिण कोरिया, भारत, इन्डिोनेसियालगायतका मुलुक पर्ने गरेका छन् । मन्त्रालयको तथ्यांकअनुसार बढी भ्रमण गर्ने पहिलो मुलुक चीन बनेको छ । मन्त्रालयको तथ्यांक चीनमा २१ पटक, अमेरिकामा १७ पटक, जापानमा नौपटक, दक्षिण कोरिया आठ र भारतको सातपटक भ्रमण गरिएको छ । त्यसका साथै डेनमार्क, स्विजरल्यान्ड, मंगोलिया, फिलिपिन्स, बेलायत, बंगलादेश, अस्टे«लिया, थाइल्यान्ड, स्पेन, रसिया, फिनल्यान्ड, जर्मनी, सिंगापुर, ट्युनिसिया, भियतनाम, बंगलादेशलगायतका मुलुक रहेका छन् ।

आयोजकको स्वार्थमा विदेश भ्रमण गर्ने क्रम बढेसँगै स्थानीय तहको कामकारबाहीमा समस्या उत्पन्न हुन गरेको छ । यस क्रममा प्राथमिकताका काम छाडेर स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जिम्मेवार कर्मचारी नै विदेश भ्रमणमा जान थालेको पाइएको छ । यस्ता अधिकांश भ्रमण आयोजकको खर्चमा भएको पाइएको छ ।
सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ मा ८१ पटक र चालू आर्थिक वर्षमा १८ भ्रमणको स्वीकृति लिइएको छ । भ्रमणका क्रममा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखसहित जिम्मेवार कर्मचारी विदेश भ्रमणमा गएको देखिन्छ ।

चालू आर्थिक वर्षमा १८ भ्रमण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश भ्रमण आयोजकको निमन्त्रणा र खर्चमा हुने गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को सुरुवातदेखि हालसम्म १८ वटा भ्रमण भएका छन् । यस क्रममा ३६ जना प्रतिनिधिले विदेश भ्रमण गरिसकेका छन् ।
यस अवधिमा भएका अधिकांश भ्रमणमध्ये १६ वटा भ्रमण आयोजकको भगिनी सम्बन्ध भएका नगरको निमन्त्रणा तथा एक्स्पोका नाममा भएका छन् भने दुई भ्रमण मात्र निजी खर्चमा भएको देखिन्छ ।
भ्रमणका क्रममा चार भ्रमण चीन, तीन अमेरिका, एक अस्ट्रेलिया, दुई जापान, दुई रसिया, एक फिनल्यान्ड, एक क्यानडा, दुई इन्डिनेसिया, एक फिलिपिन्स र एकपटक बेलायत भ्रमण भएको मन्त्रालयले जनाएको छ । भ्रमण स्वीकृत नगराई विदेश भ्रमण गर्ने जनप्रतिनिधिको सम्बन्धमा भने कुनै जानकारी नभएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्