विराटनगरमा पहिलो पटक आयो – प्रविधीयुक्त ५० लाखको लगानीमा लुगा धुने मेसिन

<span class='c1'>विराटनगरमा पहिलो पटक आयो –  प्रविधीयुक्त</span> <span class='c2'>५० लाखको लगानीमा लुगा धुने मेसिन</span>

विराटनगर २ असोज । विराटनगरमा पहिलो पटक आधुनिक प्रविधी युक्त लुगा धुने मेसिन संचालनमा आएको छ ।


विराटनगर ७ मिलन चोक स्ति म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज प्रा।लीले ५० लाखको लगानीमा उक्त मेसिन संचालनमा ल्याएको हो ।
मेसिनको विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उद्घाटन गर्दै युवा बर्गले स्वदेशमा नै लगानी गरेर अगाडी बढेको प्रति हौसला प्रदान गरे । मेयर पराजुलीलले लुगा धुने मेसिनको व्वीच अन गरेर उद्घाटन गरेका थिए ।

नविनतम आधुनिक प्रधिवीयुक्त मेसिनद्धारा धुलाई र गुर्णस्तरिय र वाताबरण मैत्री रसायन प्रयोग लुगा धुने व्यावस्था रहेको म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज संचालक नोमस चापागाईले बताए ।
साथै कपडामा कुनै पनि दाग नलागोस भनेर फिल्टर गरिएको पानीले कपडा धुने व्यावस्था रहेको संचालक चापागाईले बताए । उनका अनुसार प्रविधीयुक्त मेसिनको प्रयोगद्धारा धुने, सुकाउने र आइरन समेत गरिने व्यावस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्