सुनसरीबाट पटका सहित दुईजना पक्राउ

सुनसरीबाट पटका सहित दुईजना पक्राउ

सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका ५ खाद्य गोदाम छेउबाट पटका सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका ६ का ३३ बर्षीय अर्जुन शाह र २२ बर्षीय रामदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ३९ बण्डल खोर्सानी आकारको पटका सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्