संविधान दिवस, प्रदेश सरकार र सभामुखको शुभकामना सन्देश आयो

<span class='c1'>संविधान दिवस, प्रदेश सरकार र</span> <span class='c2'>सभामुखको शुभकामना सन्देश आयो</span>

विराटनगर । चौथो संबिधान दिवसको अवसरमा प्रदेश सरकारका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुखले प्रदेशवासीमा शुभकामना सन्देश दिएका छन् । आफ्नो संविधान आफुद्धारा निर्वाचित जनप्रतिनिधिबाट निर्माण गर्ने करिव सात दशक लामो जनआकांक्षा २०७२ साल आश्विन ३ गते पुरा भएको स्मरण गर्दै संबिधान दिवसको शुभकामना दिएका हुन् । संविधान दिवसको अवसरमा संघिय लोकतन्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने आम नेपाली जनचाहनालाई मूर्तरुप दिन राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका निमित्त विभिन्न कालखण्डमा हुँदै आएका आन्दोलन, संघर्षहरुमा त्याग र वलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूलाई शुुभकामना सन्देशमा स्मरण गर्दै सम्मान प्रकट गरिएको छ ।
सामन्ती, निरंकुश, केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पिडनहरुको अन्त्य गर्दै गरेर हाम्रो सामाजिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरेर विविधता बिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प सहित नेपाली जनताको कठोर संघर्ष, बलिदान र दृढ संकल्पबाट प्राप्त ऐतिहासिक उपलब्धिका रुपमा जनप्रतिनिधि मार्फत जनसहभागितामुलक प्रक्रियाद्धारा संविधानसभाबाट जारी संविधानको पूर्ण कार्यान्वयन आजको महत्वपूर्ण आवश्यकता रहेको शुुभकामना सन्देशमा औल्याईएको छ ।
प्रदेश प्रमुख प्रा.डा. गोबिन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई तथा सभामुख प्रदीपकुमार भण्डारीले छुट्टै सन्देश जारी गर्दै ऐतिहासिक उपलब्धिका रुपमा प्राप्त संविधानको पूर्ण कार्यान्वयनमार्फत संघिय लोकतन्त्रिक गणतन्त्रको संरक्षण तथा जगेर्ना, राष्ट्रिय हित, एकता र सामाजिक आर्थिक विकासलाई गति दिदै समृद्ध राष्ट्र निर्माण गर्ने महत्वपूर्ण अभिभारालाई पुरा गर्न संविधानको महत्वपूर्ण भावनालाई गहिरोसँग आत्मसात गर्दै सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिकहरुलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित क्रियाशील हुने प्रेरणा प्राप्त होस भनिएको छ ।

सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना साकार पार्न समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्दै देशको स्थायित्व र समृद्धिको लागि समृद्ध नेपाल सुखि नेपाली लक्ष्य प्राप्तीका लागि संविधान दिवसले हामी सबैलाई जनता र राष्ट्रिय हितका पक्षमा एकताबद्ध भई लाग्न प्रेरणा दिनेछ भन्ने विश्वास लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्