इलाममा हुँदैछ २ दिनसम्म साहित्य महोत्सव, सबै तयारी सकियाे

इलाममा हुँदैछ २ दिनसम्म साहित्य महोत्सव, सबै तयारी सकियाे

इलाम, २ असाेज । पर्यटकीय गन्तव्य इलाममा साहित्य र पर्यटनको विकास गर्ने उदेश्यसहित यही असोज ३ र ४ गते साहित्य महोत्सवको आयोजना गरिएको छ । इलामलाई कला, साहित्य, संस्कृतिको संगमस्थलका रुपमा विकास गर्न महोत्वको आयोजना गरिएको आयोजक इलाम साहित्य समाजका अध्यक्ष प्रकास थाम्सुहाङले बताए ।

कार्यक्रमको सुरुमा प्राडा संजीव उप्रेतीले ‘आलोचनात्मक चेत र लोकतन्त्र’का विषयमा बोल्ने छन् । त्यसपछि ‘सत्ता कि प्रतिपक्ष’ विषयमा कविहरु श्रवण मुकारुङ, मोमिला जोशी र मनु मञ्जीलसँग कवि विमल बैद्यले बहस गर्नेछन् ।

‘के गणतन्त्र खतरामा छ रु’ विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, विश्लेषक खगेन्द्र संग्रौलासँग पत्रकार वसन्त वस्नेतले बहस गर्नेछन् ।

अनि ‘‘अ’ मा अल्झेको इलाम’ माथि लेखक, पत्रकार केदार शर्माले युद्यप्रसाद वैद्य, महेश बस्नेत, राजेन्द्र बरालसँग बहस गर्ने कार्यक्रम छ । ‘अधिकारको पेवा’ विषयमा जेवी विश्वकर्मा, सीमा आभास र कृष्ण धरावासीसँग पत्रकार समीरबाबु कट्टेलले वहस गर्ने छन् । यसैगरी ‘मानक माथि प्रश्न’ विषयमा राजन मुकारुङ, मिश्र वैजयन्ती र उज्वल प्रसाईसँग महेश पौडेलले छलफल गर्नेछन् ।
त्यस्तै, ‘किन बिक्न छोड्यो आख्यान’ विषयमा भूपिन, प्रकाश बुढाथोकी र बीना थिङसँग बालिका थपलियाको वहस हुने छ ।

‘पर्यटनको आयाम’ विषयमा हरिश्चन्द्र राई, केशव द्यौराली डा। देवी दुलालसँग धर्म गौतमले बहस गर्ने छन् । त्यस पछि ‘काव्यिक साँझ’ को आयोजना गरिएको आयोजकको भनाइ छ ।

पछिल्ला साहित्यिक आन्दोलनहरु ‘उन्मुक्त पुस्ता, फरक आयाम र कुकुर कविता’ माथि मुनाराज शर्माले बहस गर्नेछन् । ‘निर्माणको जिम्मा’ विषयमा सुरेश नेम्बाङ, रवि सिंह र दीपक गौतमसँग सन्तोष नेम्बाङले छलफल गर्नेछन् ।

त्यस्तै, ‘करोड क्लब र अफबाह’ विषयमा दयाहाङ राई यज्ञश, ब्रजेशसँग अन्वेश थुलुङ राइले बहस गर्नेछन् । ‘नेपाली साहित्यमा मुन्धुम’ माथि भुपाल राई, धमेन्द्र विक्रम नेम्बाङसँग गणेशकुमार राइले बहस गर्नेछन् भने ‘गीतको दुख’ विषयमा गणेश रसिक, कोमल निरौला, गुरुङ सुशान्तसँग युविर चेम्जोङले छलफल गर्नेछन् । ‘सिनेमा र सन्देश’ विषयमा प्रकाश आङदेम्बे, दिनेश डिसि, स्वस्तिमा खड्कासँग सुरेन्द्र राइले बहस गर्नेछन् ।

कार्यक्रममा अन्य ख्यातिप्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनितिज्ञलगायत ढेड सय बढीको सहभागिता रहने आयोजकले बताएको छ ।

इलाम साहित्य समाजले स्थानीय तह, प्रदेश सरकार, पर्यटन बोर्ड, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत संस्थासँगको सहकार्यमा महोत्सवको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्