दसैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने

<span class='c1'>दसैंका लागि सर्वसाधारणले असोज १०</span> <span class='c2'>गतेदेखि नयाँ नोट पाउने</span>

बिराटनगर  असाेज ३ : यसवर्षको दसैंका लागि सर्वसाधारणले असोज १० गतेदेखि नयाँ नोट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार आगामी १० गतेदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् ।

यस पटक एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने छन्। नयाँ नोट ५, १०, २०, ५० र १ सय र ५ सयका नयाँ नोट सर्वसाधारणले पाउने छन् । थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ ।

यसअघि गत वर्ष राष्ट्र बैंकले ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २–२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा दिएको थियो ।

बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ। साथै नोटमा केरमेट तथा रङ लगाउने कार्य नगर्न राष्ट्र बैंकले सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्