विराटनगरको सेन्ट जोसेफ कलेजमा युथ फर ब्लडको सचेतना सम्पन्न

विराटनगरको सेन्ट जोसेफ कलेजमा युथ फर ब्लडको सचेतना सम्पन्न

विराटनगर असोज ३ ,

विराटनगरमा रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड मोरङले विद्यार्थीहरुलाई रगत सचेतनाको अभियान सञ्चालनमा ल्याएको छ । हरेक वर्ष गरिने कलेज सचेतना कार्यक्रम अन्तर्गत बिहीबार विराटनगरको सेन्ट जोसेफ कलेजका ३ सय बढि विद्यार्थीहरुलाई रक्तदानको महत्त्व साथै सामाजिक सेवा बारे सचेतना गराइएको थियो ।

युथ फर ब्लडले यस रगत सचेतना कार्यक्रमलाई विराटनगरका सबै कलेजमा गर्ने संस्थाका अभियानकर्मी रोनक अग्रवालले जानकारी दिए । साथै उक्त संस्थाले युवाहरुको लागि प्रत्येक शनिबार सेयरिङ डे को समेत आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्