प्रदेशमा संविधान दिवस : विराटनगरको सहिद मैदानमा दशौँ हजारको उपस्थिती

प्रदेशमा संविधान दिवस : विराटनगरको सहिद मैदानमा दशौँ हजारको उपस्थिती

विराटनगर । प्रदेश १ सरकारले संविधान दिवस भब्य रुपमा मनाएको छ । राजधानी विराटनगरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमा दशौ हजारको सहभागीता रहेको थियो । विहान ७ बजे बिरावटनगरको आदर्श माध्यामिक विद्यालयको प्राङ्गणदेखि प्रभातफेरीबाट शुरु भएको कार्यक्रम सहिद रंगशालामा औपचारिक कार्यक्रम गरि दिवस मनाईएको थियो । दिवसका अवसरमा आयोजना गरेको औपचारिक कार्यक्रममा नेपाली शेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, प्रदेश सरकारले गठन गरेको सगरमाथा टिन्स क्लव लगायत बिद्यालयहरुले मार्चपास गरेका थिए । पार्च पास पछि नेपाली शेनाले कवाज प्रस्तुत गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु यति खेरको आवश्यकता र चुनौती रहेको बताएका छन् । उनले संविधान स्वतः आफै कार्यान्वयन हुने नभई नीति, नियम, कानून, योजना, पद्धति र संस्कारको माध्यमबाट यसको व्यवहारिक कार्यान्वयन हुने बताए ।
संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संविधानलाई व्यवहारमा लागु गर्ने कसरतमा छ, यो अभ्यास जारी रहेको उल्लेख गरे ।
स्वच्छ, सुखी र समुन्नत प्रदेशको मुल दृष्टिकोण सहित प्रदेश सरकारले पहिलो आवधिक योजनाको थालनी गरेको स्पष्ट पारे । कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास प्रदेश सरकारको प्राथमिकता रहेको मुख्यमन्त्री राईले जानकारी दिए ।
‘प्रदेशमा मूलभूत सवालहरुमा राजनीतिक दलहरुवीच एकता कायम गर्ने असल संस्कारको विकास भएको छ, मुख्यमन्त्री राईले भने, स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने हाम्रो साझा चाहना प्राप्त गर्ने यो वलियो आधार हो ।’
कानुन निर्माणसँगै अन्य महत्वपुर्ण निर्णयहरुमा मात्र नभई दुइवटा संविधान सभावाट टुंगिन नसकेको प्रदेश राजधानी तोक्ने विषयमा समेत भएको सर्वसम्मत निर्णयलाई एउटा सशक्त तथ्य र उदाहरणको रुपमा लिन सकिने मुख्यमन्त्री राईको दाबी छ ।
प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सवै राजनैतिक दलहरुको सहमतीमा प्रदेशको नामांकन पनि छिट्टै टुंगिने विश्वास लिए । नेपालको संविधानको मर्म र भावनालाई कार्यान्वयन गर्न विकास, समृद्धि, राष्ट्रिय एकता तथा जनहितका विषयमा दलिय संवाद गर्ने र सहमति निर्माणको आवश्यकता अझ टड्कारो रहेको पनि जानकारी गराए ।
संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा लागु गर्ने दायित्व र प्रतिवद्धतालाई प्रदेश सरकारले उच्च महत्व दिएको राईको भनाई छ ।
गरिवी निवारण, रोजगारी सिर्जना, आयस्तरमा वृद्धि हामीले तय गरेका मूलभूत लक्ष्य रहेको, गुणस्तरीय शिक्षा, प्राविधिक ज्ञान सिप र तालिमको माध्यमबाट युवाहरुको सशक्तिकरण गर्ने उद्देश्य रहेको राईले बताए ।
‘आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा र्पुयाउने ध्येय सरकारको रहेको छ। यसका लागि हामीले स्पष्ट कार्यक्रम र योजना तयार गरेका छौ, मुख्यमन्त्री राईले भने, सार्वजनिक सेवालाई व्यवस्थित, कम खर्चिलो र पहुँच योग्य बनाउन सरकारी निकायहरुको कार्यप्रणालीमा सुधार थालिएको छ ।’ आम जनताले अनुभूति गर्न सक्ने गरी सार्वजनिक सेवाको सुदृढिकरण गर्ने सरकारको प्रतिवद्धता फेरी दोहोर्याएका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको माध्यमबाट नै संविधानले स्थापित गरेको लोकतान्त्रिक शासन पद्धतिको मर्मलाई बल पुग्ने उनको विस्वास छ । भ्रष्टाचारमा शुन्यसहनशीलताको नीति अवलम्वन गर्दै हामी सधै भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा रहेको बताए ।
राष्ट्रिय झण्डाको ब्यापक प्रयोग
यसपटकको संविधान दिवस देश भरी नै आम जनसमुदायको सहभागितामा थप हर्सोल्लासको साथ मनाईएको छ । मातृभुमीको शिर उचोराख्नको लागि राष्ट्रिय एकताको प्रतिकका रुपमा रहेको नेपालको गौरवशाली राष्ट्रिय झण्डाको यसपटक व्यापक प्रयोग भएको छ । ठुला आकारका राष्ट्रिय झण्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र विशेष महत्वका स्थानमा फहराउने गरी स्थायी प्रबन्ध प्रदेश सरकारले गरेको छ । यसबाट नेपालको राष्ट्रिय एकता दरिलो छ, सशक्त छ, अविचलित छ भन्ने सन्देश दिन खोजिएको मुख्यमन्त्री राईको भनाई छ ।
यी ब्यक्ति सम्मानित
प्रदेश सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माइला प्रदिप कुमार राई ओखलढुंगा, २४ पटक सगरमाथा आरोहण गर्ने विश्वकिर्तीमानी कामीरिता शेर्पा सोलुखुम्वु र अल्ट्रा म्याराथुनको माध्यमवाट संसारभर नेपालको झण्डा फहराउदै नेपाललाई चिनाउन सफल मिरा राई भोजपुरलाई सम्मान गरेको छ । प्रदेश सरकारको लक्ष्य संग जोडिदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय ध्येयमा यी ब्यक्तिहरुको उल्लेखनीय योगदान रहने प्रदेश सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्