विश्वकर्मा भगवानको मुर्ति सेलाउन गएका उराँव मृत अवस्थामा फेला

विश्वकर्मा भगवानको मुर्ति सेलाउन गएका उराँव मृत अवस्थामा फेला

विराटनगर, ३ भदौ । विश्वकर्मा भगवानको मुर्ति सेलाउन गएका एक व्यक्तिको मृत अवस्थामा शव भेटिएको छ ।
मोरङको कटहरी गाँउपालिकामा रहेको सुखानी खोलामा मुर्ती सेलाउन गएका कटहरी ५ का ४० बर्षिय जोग नारायण उराँव मृत अवस्थामा फेला परेका हुन् ।


असोज १ गते मनाइएको विश्वकर्मा पुजाको बिहीबार साँझ मुर्ती सेलाउन गएका उनी खोलामा डूबेर बेपत्ता भएका थिए । कटहरी–५ कै सुखानी पुल नजिक अन्य ब्यक्तीहरुसंगै खोलामा पसेका उनी डूबेर बेपत्ता भएका थिए ।
उराँव डूबेको भएपनि संगै गएका अन्यले थाहा पाउन सकेका थिएनन् । उनि डूबेको ठाँउभन्दा २ किलोमिटर दक्षिण सोहि खोलामा मृत भेटिएको वडानम्बर ५ का वडाध्यक्ष घनश्याम सिंहले जानकारी दिए ।
शुत्रबार बिहान जीतिया पर्वकालागि महिलाहरु खोलामा नुहाउन गएको बेला उनीहरुले बग्दै गरेको शव देखेर प्र्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीले शवको मुचुल्कागरि पोष्टमार्टमकालागि कोशी अस्पताल ल्याईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्