लेटाङ नगरपालिकाद्वारा संविधान दिवसको अवसरमा प्रभात फेरी सम्पन्न

लेटाङ नगरपालिकाद्वारा संविधान दिवसको अवसरमा प्रभात फेरी सम्पन्न

भूमिका पाख्रिन
लेटाङ । लेटाङ नगरपालिका नगर स्तरीय संविधान दिवस मुल समारोह समितिको आयोजनामा संविधान दिवसको अवसर पारेर लेटाङमा प्रभात फेरी सम्पन्न भएको छ । जनप्रतिनिधि, विद्यालयका विद्यार्थी, सामाजिक संस्थाका प्रतिनिधिहरुले प्ले कार्ड र राष्ट्रिय झण्डा सहित बजार परिक्रमा गरेका छन् ।
प्रभात फेरी पश्चात आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख शंकर राईले संविधानको बारेमा नागरिकले बुझ्नु जरुरी रहेको बताए । संविधान दिवसको शुभकामना पछि मेयर राईले केही दिन अघि सामाजिक सञ्जालमा फैलिएको मेयरले मोजमस्ती शिर्षकमा १५ करोड छुट्यायो भन्ने जस्ता अफवाहप्रति आक्रोश पोखे । उनले चाँडै पत्रकार सम्मेलन गरी स्पष्ट पार्ने बताए । कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी पोखरेलले संविधान दिवसका अवसरमा नगरबासीलाई शुभकामना व्यक्त गरीन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्