लेटाङ नगरपालिकाको आयोजनामा सई कटुवालको विदाई सम्पन्न

लेटाङ नगरपालिकाको आयोजनामा सई कटुवालको विदाई सम्पन्न

भूमिका पाख्रिन

लेटाङ , असोज ३ ,

लेटाङ नगरपालिकाको आयोजनामा इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी नायब निरीक्षक दीपक कटुवालको शुक्रबार विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले सई कटुवालले लेटाङमा रहँदा गरेको योगदान बारे चर्चा गरे ।

यता उपप्रमुख कृष्ण कुमारी पोखरेलले आगामी दिनमा पनि लेटाङमा जस्तै जनताको मन जित्ने गरी काम गर्न शुभकामना दिइन् । लामो समय इप्रका लेटाङमा आफ्नो कार्यक्षेत्र बनाएका सई कटुवाल केही समय अघि प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकहरुको बढुवा सुचिको नाम प्रकाशन गर्दा १ नम्बरमा सिफारिसमा परेका थिए ।

अब सई कटुवालले इलाका प्रहरी कार्यालय धरानमा जिम्मेवारी पुरा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्