लेटाङमा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने

लेटाङमा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने

भूमिका पाख्रिन

लेटाङ असोज ३ ,

लेटाङ नगरपालिकामा प्रथम मेयर कप वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । लेटाङ नगरपालिका वडा नं. ३ को आयोजना तथा खेलकुद समिति ३ नं. वडा कार्यालयको सहआयोजनामा हुने उक्त प्रतियोगिता यहि असोज ६ गते देखी असोज १६ गतेसम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । प्रतियोगितामा लेटाङ नगरपालिकाका ९ वटै वडा समावेश हुने वडा नं. ३ का वडा अध्यक्ष देवराज चाम्लिङले जानकारी दिए । प्रतियोगिताको कुल खर्च ४ लाख हुने अनुमान गरिएको छ ।

साथै प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी मेडल, त्यसैगरी उपविजेताले नगद ५१ हजार ट्रफी मेडल प्राप्त गर्ने वडाअध्यक्ष चाम्लिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्