लेटाङ साकोसको २६ औं साधारण सभा सम्पन्न, बिभिन्न व्यक्ति सम्मानित हुने

लेटाङ साकोसको २६ औं साधारण सभा सम्पन्न, बिभिन्न व्यक्ति सम्मानित हुने

भूमिका पाख्रिन

लेटाङ असोज ३ ,

लेटाङ नगरपालिकाकै गरीमा बोकेको लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा बोल्दै संस्थाका अध्यक्ष गोपाल बारकोटीले अध्यक्ष प्रतिवेदन पेश गरे । संस्थाले विभिन्न विधाका उत्कृष्ट कारोबार गर्ने ऋणी, उत्कृष्ट बचत कर्ता, जेष्ठ नागरिक सम्मान, साथै शेयर सदस्यका उत्कृष्ट अंक ल्याउने सन्ततीलाई समेत स्थापना दिवसका दिन सम्मान गर्ने नामावली समेत प्रकाशन गरेको छ ।

हाल सहकारीमा १ हजार ३ सय १५ महिला र १ हजार ७६ पुरुष गरी जम्मा २ हजार ३ सय ९१ जना शेयर सदस्य रहेका छन् । हाल संस्थाको कुल सम्पति ३१ करोड ८२ लाख ६ सय १६ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्