संविधान जारी भएको दिनलाई विराटनरमा राजपाले मनायो कालो दिवस, प्रहरीले कालो झण्डा खोस्यो

संविधान जारी भएको दिनलाई विराटनरमा राजपाले मनायो कालो दिवस, प्रहरीले कालो झण्डा खोस्यो

विराटनगर । आज असोज ३ गते नेपालको संविधान जारी भएको दिन । आजभन्दा ४ बर्ष अगाडि २०७२ असोज ३ गते संबिधान सभाबाट नेपाली जनताले आफैले संबिधान जारी गरेको दिनको स्मरणमा यो दिवस मनाईन्छ ।

संघीय सरकारले संघीय राजधानीमा भब्यताका साथ संबिधान दिवस मनाएको छ भने प्रदेश सरकारले पनि विराटनगरमा दशौ हजारको उपस्थितीमा संविधान दिवस मनायो । तर विराटनगरमा राजपाले संबिधान बिरोधी नारा लगाउँदै दिउँसो जुलुस निकालेको छ । संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा लिएको राजपाले विराटनगरमा कालो दिवसको रुपमा मनाएको हो ।
मोरङ प्रहरीको कडा सुरक्षाबीचमा राजपाले विराटनगरको संसारी माईस्थानबाट ट्राफिक चोक हुदै जलजला चोकमा पुगेर कोणसभा गरेको छ । संविधानलाई उत्कृष्ट भनिदै आएको भनिएपनि मधेशी, आदिबासी जनजाति, उत्पीडित समुदायलाई संबिधानले छुटाएको भन्दै राजपाले विरोध गर्दै आएको छ । संविधानको चर्को विरोध गर्दै कालो झण्डा देखाउने क्रममा प्रहरीले कालो झण्डा खोसेर नियन्त्रणमा लिएको थियो ।

विराटनगरमा भएको कार्यक्रममा राजपाका केन्द्रीय उपाध्यक्ष विश्व्नाथ सिंह राजबंशी, महासचिव मनिषकुमार सुमन, राजपाका नेताहरु, राजेन्द्र प्रसाद गुप्ता, हिरालाल मण्डल, शंकर साह, रामानन्द साह, मोहम्मद कादिर लगायतकले संबिधानका केही प्राबधानहरु राज्यलाई पहिलादेखि नै सच्याउन भन्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्