विराटनगरमा सफल ब्यवसायी : बजारमा ५० करोडको लगानी, २ सय ५० करोड थपिँदै

विराटनगरमा सफल ब्यवसायी : बजारमा ५० करोडको लगानी, २ सय ५० करोड थपिँदै

विराटनगर । विराटनगरका युवा पर्यटन ब्यवसायी हुन् पुण्य भट्टराई । बि.सं. २०३६ सालमा रतुवामाई नगरपालिका डाम्राभिट्टामा जन्मिएका भट्टराइ २०५८ सालमा ब्यवसायमा लागेका हुन् । टभल्स एजेन्सीबाट ब्यवसायमा छिरेका उनका अहिले पानी उद्योग, होटल ब्यवसाय छ । विराटनगरमा होटल एसियाटिक संचालनमा छ भने सुनसरीको भेडेटारमा होटल भेडेटार संचालनमा छ । शुरुमा २ लाख ५० हजारबाट ट्राभल्स एजेन्सी शुरु गरेको भट्टराइको बिभिन्न क्षेत्रमा अहिले करिब ५० करोड लगानी छ । अब आगामी दिनमा ब्यवसायमा साझेदारीका आधारमा २ अर्ब ५० करोडको लगानीमा ठुलो परियोजना समेत आउने तयारी छ । तर उनले कस्तो परियोजना त्यो भने सार्बजनिक गरेका छैनन् ।


लगानीको शुरुवात
भट्टराइ डिप्लोेमा पढ्दै थिए । २०५८ सालमा २२ बर्षको उमेरमा ट्राभल्स एजेन्सी शुरु गरेका हुन् । पढ्दै गर्दा काठमाडौँ जानको लागि कुनै ट्राभल्स एजेन्सीमा छिरेका उनी पैसा कमाउने गतिलो माध्याम यही एजेन्सी हो भन्नेमा पुगे । राम्रो सम्भावनाको ठाउँ देखेर लगानी गरेका भट्टराइलाई सम्भावना भएपनि रकम कसरी ल्याउने होला भन्ने लाग्यो । तर आर्थिक रुपमा कमजोर नभएको कारण खासै समस्या पनि परेन । उनले आफ्नो योजना शुरुमा बुबालाई सुनाए तर वास्ता नगरेपछि त्यही कुरा आमालाई भने । घरको कारोवार गर्ने काम आमाले नै गर्ने भएकोले उनले आमाबाट २ लाख ५० हजार ट्राभल्स एजेन्सीमा लगागनी गर्न रकम पाए । डिप्लोमा पढ्दै गदा त्यतिका रकम कसरी कहाँ लगानी गर्ने होला भन्ने अबस्था पनि थियो तत्काल विस्वास गर्ने ठाउँ पनि थिएन । उनले ट्राभल्स एजेन्सी संचालन गरेको केही समयको अन्तरालमा बिभिन्न एयरलाईन्सबाट ठुप्रै अवार्ड तथा पुरस्कारहरु प्राप्त गरे त्यसले भट्टराइलाई थप हौस्यायो ।
पर्यटनमा पैसा छ
एयरलाईन्सको टिकट काट्ने काम मात्र अब ट्राभल्स ऐजेन्सीहरुले गर्ने हैन भन्ने धारणा राख्छन् भट्टराइ । गर्न सक्ने हो भने पर्यटल क्षेत्रमा पैसा–पैसा रहेको छ । यो क्षेत्र भनेको ब्यापक हो । काठमाडौँ उपत्यका, चितवन र पोखरा बाहिर प्रदेश १का ट्राभल्स एजेन्सीहरु टिकटमा मात्र केन्द्रीत रहेको उनलाई लाग्छ । अहिले प्रदेश १ मा स्वास्थ्य पर्यटन, कृषि पर्यटन तथा टुर प्याकेजहरुमा कसैको ध्यान जान नसकेको भट्टराइलाई थाहा छ ।
भट्टराइलाई शुरु देखि नै सरकारी जागिर खान्न भन्ने थियो र खाएनन् पनि । ठुलो बुबा अञ्चलाधिश थिए । यीनैको संरक्षणमा भट्टराइका बुबा आमा तथा उनको परिवार अगाडी बढेको थियो ।
ब्यापारमा ५० करोड लगानी
ट्राभल्स एजेन्सीमा २ लाख ५० हजारबाट लगानी शुरु गरेका भट्टराइको बिभिन्न क्षेत्रमा अहिले करिब ५० करोडको लगानी छ । ट्राभल्स एजेन्सी चलाई रहेका उनले बजारमा पानी बिक्री हुन थाल्यो भनेपछि शान्तीजल नाम राखेर पानीमा लगानी गरे । आजभन्दा १० बर्ष अगाडी १ करोड ५० लाख लगानी गरेर पानी उद्योग संचालन गरेका हुन् ।
त्यसपछि होटलहरुको माग पनि बढेको थाहा पाए । राम्रो होटल संचालन गर्ने हो भने राम्रै होला भन्ने लागेर होटेलमा लगानी गरे । अधिकांश होटलहरु बसपार्क केन्द्रीत रहेको अबस्थामा विराटनगर बिमानस्थल नजिकै होटल चलाउन सकिन्छ भन्ने लागेर भट्टराईले होटलमा लगानी गरे । होटल संचालनको योजना सहित बैंकलाई प्रस्ताव गर्दा बैंकले लगानी गर्न ईच्छा देखाएपछि ५ बर्ष पहिला होटल संचालनमा ल्याएको हो ।
भट्टराईको बिभिन्न परियोजनामा गरेर ५० करोडको लगानी छ । लगानीका आधारमा मुनाफा नै शुरुमा देखिएको छैन । हरेक तीन महिनामा ५० देखि ६० लाख बैंकलाई तिर्नु परेको उनले बताए । अहिले चल्दै जाने मात्र कुरा हो तर भोलीका दिमा आउने बैंकबाट ऋण चुक्ता गरिसकेपछि सबै फाईदा हुने भट्टराईले विस्वास लिएका छन् ।


प्रेमसँगै मागी बिवाह
भट्टराई ब्यापारमा बिहान ७ बजे देखि नै समय दिन्छन् । बैंकलाई तिर्नु पर्ने रकम, कुन समयमा तलव खुवाउने, कति कोठाभाडा लाग्यो भने कति आउँछ र कति प्रतिशतमा कति फाईदा भन्ने कुराको खोजी गर्छन् । त्यसैको आधारमा योजना बनाउँछन् बैंकको सहयोग भयो भने जस्तो सुकै काममा पनि हात हाल्न सकिन्छ, उनी भन्छन् ।
२०६० सालमा उनले विवाह गरेका हुन् । डिप्लोमा महेन्द्र मोरङबाट गरे । पढ्दा पढ्दै डिप्लोमा पढ्दै गरेकी केटसँग उनको समिप्यता बढ्दै जाँदा उनीहरुको बिवाह भएको हो । कक्षामा सँगै पढ्ने साथिसँग बिवाह भयो । प्रेम र मागी विवाह सँगै भएको भट्टराईले स्वीकार गरे । उनलाई हरेक क्षेत्रमा श्रीमतीको साथ छ ।  भट्टराईले ४० बर्षको यो उमेरमा अझै धेरै गर्न बाँकी रहेको बताए। उनको करिब २ अर्ब ५० करोडको लगानीमा ठुलो परियोजना ल्याउने तयारी छ । केही दिनमा नै पत्रकार सम्मेलन गरी बाहिर ल्याउने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्