हाम्रो स्कूल अफ नर्सिङ कलेजका सातौं ब्याचका विद्यार्थीलाई विदाई

हाम्रो स्कूल अफ नर्सिङ कलेजका सातौं ब्याचका विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर एयरपोर्ट छेउमा रहेको हाम्रो स्कूल अफ नर्सिङ कलेजले सातौं ब्याचका विद्यार्थीलाई विदाई गरेको छ । कलेजले शुक्रबार एक कार्यक्रम आयोजना गरि कलेजमा विएससी नसिंङमा अध्यनरत ३० जना विद्यर्थीहरुलाई विदाई गरेको हो ।
विएससी नर्सिङ विषयमा पठनपाठन हुँदै आएको २०६३ सालमा स्थापित कलेजले हालसम्म १ सय ५० जना विद्यार्थीहरुलाई विदाई गरेको कलेजका कार्यकारी निर्देशक ज्ञानबहादुर खड्काले बताए ।
उनीहरुलाई कलेज व्यवस्थापन समितिको अध्यक्ष डा. हिरालाल सहनी, कलेका निर्देशक ज्ञानबहादुर खडका, प्रिन्सिपल अञ्जुली मण्डल, कलेजका निर्देशक डा.शंकरप्रसाद अधिकारी, सञ्चालक समितकी सदस्य डा. सुरेका अधिकारी, शिक्षिका प्राध्यापक निला सुब्बालगायतले अविर, माला लगाएर विदाई गरेका थिए । कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले गित, नाटक र नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्